शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘ताण्डवम्’बारे अभिनेता अंकित : फिल्मले आमाको महत्व बोल्छ

मङ्गलबार, ०६ फागुन २०८१, ०८ : ५३
मङ्गलबार, ०६ फागुन २०८१

काठमाडौंँ । आमाको माया नपाएको मान्छे कस्तो हुन्छ ? उसको व्यवहार कस्तो हुन्छ ? यस्तै प्रश्नको उत्तर फिल्म ‘ताण्डवम्’ भएको अभिनेता अंकित खड्का बताउँछन् । फिल्मले आमाको महत्व समेत झल्काउने खड्काको धारणा छ ।

‘फिल्म सबैलाई मनपर्ने बनेको छ । यसमा मेरो क्यारेक्टरको नाम ‘घैँटे’हो’, उनले भने ‘जसले आमाको माया त्यति राम्रोसँग पाएको हुँदैन । उसमा आमाप्रतिको सोच फरक छ ।’ आमालाई गाली गर्ने क्यारेक्टर फिल्ममा निर्वाह गर्न आफूलाई निकै गार्हाे भएको उनले सुनाए । 

‘ताण्डवम्’ आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । डार्क थिममा निर्मित जुनिम गहतराज निर्देशित फिल्मले एक नवविवाहित जोडीको कथा उठाएको छ । जसमा पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरूको जीवनमा घट्ने अकल्पनीय घटना पनि छ । फिल्म पारिवारिक एक्सन थ्रीलर रहेको खड्का बताउँछन् । 

अंकित फिल्मका मुख्य कलाकार हुन् । केही समयको अन्तरालपछि अभिनयमा देखिएका उनी फिल्मको कथावस्तु र क्यारेक्टर मन परेर अभिनयमा जोडिएका हुन् । ‘फिल्म सुटिङकै बेला मैले आमा गुमाए । आमा गुमाएको समय आमा शब्दलाई गाली गर्ने क्यारेक्टरमा भिज्न निकै संघर्ष गर्नुपर्‍यो’ उनले अभिनय अनुभव सुनाए ‘आमा भन्ने शब्द एउटा पृथ्वी हो । पृथ्वीलाई कसरी गाली गर्ने ?’ कलाकारले सबै क्यारेक्टरमा काम गर्नु नै धर्म सम्झेर फिल्म पुरा गरेको उनी सुनाउँछन् । 

फिल्ममा निर्देशक मात्र होइन । धेरै कलाकार नयाँ छन् । नयाँ निर्देशक, नयाँ कलाकारको साथ भएकोले फिल्म राम्रो बन्न सफल भएको उनी दाबी गर्छन् । ‘फिल्ममा लभस्टोरी, एक्सन र मित्रताको कथा पनि छ’, उनले अगाडि थपे ‘फिल्म सबैका लागि भनेर निर्माण भएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप