संसद्मा उठ्यो वडाध्यक्षले वडा सचिव कुटेको विषय
मङ्गलबार, ०६ फागुन २०८१, १४ : ०८
काठमाडौँ । तनहुँको बन्दिपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङले वडा सचिव नवीन भुसालको घाँटी अँठ्याउँदै चड्कन हानेको विषय प्रतिनिधिसभामा उठेको छ ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले कर्मचारीलाई वातावरण निर्माण गर्न सरकारसँग माग गर्दै त्यो विषय उठाएका हुन् ।
वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै एमालेबाट निर्वाचित वडाध्यक्ष गुरुङले वडा सचिव भुसाललाई कुटपिट गरेका थिए ।
वडाध्यक्ष गुरुङको कुटाइबाट घाँटी र गालामा निल डाम रहेको भुसाललाई बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचारपछि भरतपुर अस्पताल रिफर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण