‘नेपालमा नास्तिकता प्रवर्द्धन गर्न १ सय मिलियन अमेरिकी डलर खर्च भएको कुरा छ, छानबिन होस्’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले नेपालमा धर्म निरपेक्षता कायम गर्न अमेरिकाले १ सय मिलियन डलर खर्च गरेको बारेमा अनुसन्धान गर्न माग गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले अमेरिकाको विदेश मामिला समितिका सभापति ब्रायन मास्टले ५ मिलियन डलर अमेरिकाले आफ्नो एजेन्सीमार्फत नेपालमा नास्तिकता प्रवर्द्धनका लागि खर्च गरेको अभिव्यक्ति दिएको र अमेरिकाका सभामुख माइक जोनसन स्वयंले पनि करिब १ सय मिलियन डलर नेपालमा नास्तिकता फैल्याउन खर्च गरेको कुरा बताएको भन्दै यसबारेमा नेपाल सरकारले अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘नेपालमा धर्म निरपेक्ष कायम गर्नका लागि, संविधानमा धर्म निरपेक्ष राज्य लेख्नका लागि ठुलो पैसाको चलखेल भएको थियो र पार्टी नेताहरू विक्री भए भनेर बजारमा कुरा हुन्थ्यो । त्यसको कुनै प्रमाण थिएन । पछिल्लो समय अमेरिकाकै एक सांसदले ब्रायन मास्ट जो त्यहाँका विदेश मामिला समितिका सभापति पनि हुनुहुन्छ । उहाँ रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्नुहुन्छ । उहाँले नेपालमा नास्तिकता प्रवर्द्धन गर्न ५ मिलियन डलर खर्च भएको छ भन्नुभयो ।’
उनले थपे, ‘हामीले विभिन्न ठाउँमा प्रश्न उठायौँ । त्यो विषयमा कुरा भइरहेको थियो । पछिल्लो दिनमा त्यहाँका सभामुख माइक जोनसनले नै अझ थप पुष्टि गरे । ५ मिलियन डलर होइन त्यो भन्दा दुई सय गुणा बढी १ सय मिलियन डलर अहिले झन्डै नेपाली मुद्रा १४ अर्ब नेपालमा धर्म परिवर्तन र नास्तिकता प्रवर्द्धनका लागि खर्च भएको छ । अहिलेको संविधानप्रति धेरै असहमति छन् । कुनै देशले आफ्नो एजेन्सीमार्फत नेपालमा १४ अर्ब रुपैयाँ धर्मान्तरणको लागि नास्तिकता प्रवर्द्धन गर्न खर्च गरिरहेको छ भन्ने कुरा त्यो देशको आधिकारिक व्यक्ति सभामुखबाटै आएको छ भनेपछि यो सरकारले छानबिन गर्नुपर्ने कुरा हो की होइन । सरकारले चासो राख्नुपर्ने विषय हो की होइन ? म सरकारसँग माग गर्न चाहन्छु, यसमा कोको संलग्न छन्, कसको संलग्नता छ त्यसमा छानबिन होस् । सरकारले यसलाई सुनेर छोड्ने काम नगरोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण