पार्टीले गरेका कामबारे जानकारी दिन कांग्रेसले प्रदेशस्तरीय अभियान आयोजना गर्दै
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीले गरेका कामबारे जानकारी दिन सातै प्रदेशमा प्रदेशस्तरीय अभियान आयोजना गर्ने भएको छ । कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन बहादुर बिश्वकर्माले विज्ञप्ति जारी गर्दै सातैवटा प्रदेशका राजधानीमा “राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान” भन्ने नाराका साथ प्रदेशस्तरीय अभियान आयोजना गरिएको जनाएका हुन् ।
कांग्रेसले फागुन ९ गते कोशी प्रदेशको विराटनगर, १० गते मधेस प्रदेशको जनकपुर, १७ गते गण्डकीको पोखरा, १८ गते लुम्बिनीको बुटवल, २० गते कर्णालीको सुर्खेत र २१ गते सुदूरपश्चिमको धनगढीमा कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यक्रममा नेपाली कांगेसका सम्बन्धित प्रदेशका केन्द्रीय पदाधिकारी एवं सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, प्रदेश सभाका माननीय सदस्यहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा प्रचार विभागका प्रमुख एवं प्रवक्ताहरू, क्षेत्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू र भ्रातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू र प्रेस युनियन लगायत विभिन्न सञ्चार कर्ममा आबद्ध सञ्चारकर्मीहरूको सहभागिता रहनेछ भने यसमा दुई वटा कार्यपत्र प्रस्तुत हुने छ ।’
कांग्रेसले गरेका सकारात्मक काम तथा त्यसबाट देशमा भएका परिवर्तनबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण