दलगत स्वार्थ त्यागेर देश निर्माण अभियानमा होमिन आवश्यक छ : प्रदेश प्रमुख देवकोटा
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले दलगत स्वार्थ त्यागेर देश निर्माण अभियानमा होमिनु पर्ने आवश्यकता रहेको बताएका छन् । राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै आर्थिक समृद्धिको भित्र्याउन जरुरी रहेको उनले बताए ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश प्रकाशन गर्दै प्रदेश प्रमुख देवकोटाले विश्वमा भएका द्रुतगतिका परिवर्तनको लहर र नेपाली जनताको अपेक्षालाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताए । स्वतन्त्र र समतामूलक समाज निर्माणमा अघि बढ्न आजको दिनले थप प्रेरणा र हौसला दिने विश्वास देवकोटाले लिएको सन्देशमा उल्लेख गरेका छन् । समुन्नत राष्ट्र निर्माणको परिकल्पना साकार पार्न सबैमा उर्जाशीलता वृद्धिको अपेक्षा उनले लिएका छन् ।
'आ-आफ्ना पार्टीगत स्वार्थलाई त्यागेर देश निर्माणको अभियानमा सम्पूर्ण राजनैतिक दलहरू होमिनुपर्ने आवश्यकता छ । हामीले जुटेर नै राजनैतिक फड्को मारेका छौंं अब फेरि जुटेर हामीले मुलुकमा आर्थिक समृद्धि भित्र्याउनु छ ।’ उनको शुभकामना सन्देशमा उल्लेख छ, 'फाल्गुन ७ को जगमा टेकेर आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ । आजको दिनले इतिहासको यो गौरवशाली समय बिन्दुलाई पुनर्ताजगी गर्दै राष्ट्रिय एकता र स्वाभिमानलाई कायम राखी समृद्ध नेपाल निर्माणमा लाग्न हामी सबैलाई प्रेरित गर्दछ ।'
नेपालको इतिहासमा २००७ साल फाल्गुन ७ गते एक महत्त्वपूर्ण दिनको रूपमा रहेको प्रदेश प्रमुख देवकोटाको शुभकामना सन्देशमा उल्लेख छ । निरङ्कुशता विरुद्ध सङ्गठित रूपमा नेपाली जनता आन्दोलनमा होमिएर जहानियाँ राणा शासनलाई परास्त गर्न सफल आजको दिन गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिन रहेको उनले शुभकामना सन्देशमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण