राज्य शक्तिको स्रोत जनता मात्र हुन् : मुख्यमन्त्री कँडेल
सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राज्य शक्तिको स्रोत जनता मात्र भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै कँडेलले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्ने बताए ।
सोही मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले उनको भनाइ छ। 'आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण छ,' उनले भने, 'आजको यस दिनले हामी सबैलाई लोकतान्त्रिक मूल्य, मान्यताहरु अवलम्वन गर्दे जनताका अपेक्षाहरू पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।'
लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैले बनाएको पनि कँडेलले बताए ।
'वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग विक्रम संवत् २००७ सालको क्रान्ति थियो भन्ने हामीले बिर्सन हुँदैन,' उनले भने, 'प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ।'
नेपाली जनताको सात दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानले लिएको यो लक्ष्य जनस्तरमा परिवर्तनको महसुस गराउन सके मात्र प्राप्त गर्न सक्छौँ भन्ने यर्थाथतालाई बिर्सन नहुने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण