युद्धविराम भए बेलायती सेना युक्रेन जान तयार
लण्डन । बेलायती सेनाले सरकारको अनुरोधमा युक्रेनमा तैनाथ गर्न तयार रहेको बताएको छ। यो हप्ता २ हजार ५०० बेलायती सेना रोमानियामा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को अभ्यासमा भाग लिइरहेका छन्। यो युक्रेनी सीमाबाट केवल २५ किलोमिटर टाढा छ।
ब्रिगेडियर एन्डी वाटसनको पर्यवेक्षणमा बेलायती सेनाले नेटो अभ्यासमा भाग लिइरहेको छ। उनले यदि युक्रेनमा सेना तैनाथ गर्ने आदेश प्राप्त भयो भने उनको ब्रिगेड ‘पूर्ण रूपमा तयार’ बताए।
बेलायती प्रधानमन्त्री कर स्टार्मरले पनि हालै यदि युद्धविराम भयो भने उनी युक्रेनको रक्षा गर्न बेलायती सेना पठाउन तयार रहेको जिकिर गरेका थिए। युक्रेनमा जारी युद्ध अन्त्य गर्न मंगलबार अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभले साउदी अरेबियामा शान्ति वार्ता गरेका छन्।
यसबारे युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफूलाई रुस-अमेरिका वार्तामा निमन्त्रणा नगरिएको बताए। जेलेन्स्कीले हालै रुसबाट आउने खतरालाई ध्यानमा राख्दै युरोपले आफ्नो सुरक्षाको लागि आफ्नै सेना बनाउनुपर्नेमा जोड दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण