साउदी वार्तापछि रुसी विदेशमन्त्रीले भने-युक्रेनमा नेटो सेना स्वीकार्दैनौं
काठमाडौं । रुसी विदेशमन्त्री सेर्गेइ ल्यावरोवले आफुहरु कुनै पनि शान्ति सम्झौताका लागि युक्रेनमा नेटो देशका शान्ति सेना स्वीकार नगर्ने बताएका छन् । साउदी अरेबियामा अमेरिकासँगको उच्चस्तरीय वार्तापछि विदेशमन्त्री ल्यावरोवले यस्तो बताएका हुन् ।
उनले भने, ‘कुनै अन्य झण्डामुनि सशस्त्र बलको उपस्थितिले केही बदल्दैन । जुन पूर्णं रुपमा अस्वीकार्य छ ।’ रुस र अमेरिका युक्रेन युद्ध समाप्त गर्ने सम्बन्धमा वार्ता टोली नियुक्त गर्न भने सहमत भएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुपियोले बैठकपछि भने, ‘आज एक लामो एवं कठिन यात्राको पहिलो कदम चालिएको छ । तर, यो महत्वपूर्ण छ ।’ साउदी वार्तामा युक्रेनलाई भने आमन्त्रण गरिएको थिएन । जसलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले ‘आश्चर्य’ भनी प्रतिक्रिया दिएका छन् ।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने युक्रेनको प्रतिक्रिया निराशाजनक रहेको बताएका छन् । साउदी बैठकपछि ट्रम्पले आफु निकै आश्वस्थ रहेको, भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण