अडानी मामिलामा अमेरिकाले माग्यो भारतसँग सहयोग

वासिङटन डीसी । भारतीय अर्बपति व्यापारी गौतम अडानीविरुद्ध ठगी र घुसखोरीसम्बन्धी मुद्दामा अमेरिकाले भारत सरकारसँग सहयोग मागेको छ ।
घुसखोरीको मुद्दामा गौतम अडानी र सागर अडानीलाई नोटिस पठाउने प्रयास भइरहेको अमेरिकी धितोपत्र तथा विनिमय आयोग (सेक)ले न्यूयोर्कस्थित संघीय अदालतलाई भनेको छ । सेकले मंगलबार अदालतलाई उद्योगपति अडानी र उनका भतिजा सागर भारतमा रहेको बताएको थियो ।
उनीहरूलाई यसबारे नोटिस दिन भारतीय अधिकारीहरूसँग मद्दत मागिएको छ । यसका लागि भारतको कानुन मन्त्रालयलाई सम्पर्क गर्ने काम भइरहेको छ । गौतम अडानीसहित ८ जनामाथि भारतमा नवीकरणीय ऊर्जा परियोजनाहरू पाउन घुस दिन खोजेको आरोप छ ।
यो परियोजना प्राप्त गर्न उनले २ हजार करोड रुपैयाँ घुस दिने योजना बनाएका थिए । यस मुद्दामा २०२४ को अक्टोबर २४ मा न्युयोर्कको संघीय अदालतमा मुद्दा दायर गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० दिनपछि थुनामुक्त भएका मिश्रले भने, ‘राजा फर्काउन काम गरेको हुँ, राज्यविरूद्धको कसूर गरेको होइन’
-
चलचित्र ‘प्रतिवैरम’ निर्माण हुने
-
‘तीन सल्लाहकार’को अनौठो संयोग, डा. पौडेलको बाटो खाली
-
साबुन फ्याक्ट्रीको मेसिनमा च्यापिँदा एक जनाको मृत्यु
-
नवलपरासीमा हावाहुरीले रुख ढाल्दा च्यापिएर २ जनाको मृत्यु
-
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश