रियाल मड्रिड, पीएसजी र डर्टमण्ड च्याम्पियन्स लिगको अन्तिम १६ मा, म्यान्सिटीको यात्रा टुंगियो
काठमाडौं । रियाल मड्रिड, पेरिस सेन्ट जर्मेन पीएसजी र बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन् । वुधबार राती भएको नकाउट चरण प्लेअफ दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गर्दै यी तीन टोली अन्तिम १६ मा पुगेका हुन् ।
स्पेनी क्लब रियाल मड्रिडले इंग्लिश क्लब म्यान्चेस्टर सिटीलाई दोस्रो लेगमा ३–१ ले हरायो भने समग्रमा रियाल ६-३ ले अगाडि रहँदै अघिल्लो चरण प्रवेश गर्यो । दोस्रो लेगमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेसँगै रियालले सजिलै नकाउट चरण पार गरेको हो ।
उता, फ्रान्सको पेरिस सेन्ट जर्मेनले आफ्नै होम टाउनको ब्रेस्टलाई फराकिलो अन्तरले हराउँदै अन्तिम १६ मा स्थान पक्का गर्यो । पहिलो लेगमा ३-० को सहज जित निकालेको पीएसजीले दोस्रो लेगमा ७-० को फराकिलो जित निकाल्दै समग्रमा १०-० को विशाल गोल अन्तरले अघिल्लो चरणको यात्रा तय गरेको हो ।
जर्मनीको बोरुसिया डर्टमण्ड दोस्रो लेगमा बराबरीले सम्हालिदै अन्तिम १६ मा पुगेको छ । नकआउट चरण प्लेअफको पहिलो लेग ३-० ले जितेको डर्टमण्डले वुधबार राती पोर्चुगलको स्पोर्टिङ सीपीसँग गोल रहित बराबरी खेलेको हो । योसँगै च्याम्पियन्स लिगमा प्लेअफबाट अन्तिम १६ मा पुग्ने आठ टोलीको टुंगो लागेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण