रेखा गुप्ता बनिन् दिल्लीकी नवौँ मुख्यमन्त्री, केजरीवाललाई हराउने वर्मा मन्त्री
नयाँ दिल्ली । शालीमार बागबाट भारतीय जनता पार्टी (भाजपा) की विधायक रेखा गुप्ता दिल्लीको नवौँ मुख्यमन्त्री बनेकी छन् । गुप्ताले बिहीबार रामलीला मैदानमा मुख्यमन्त्री पदको शपथ लिएकी हुन् ।
कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमित शाहलगायत भाजपा शासित राज्यका मुख्यमन्त्री तथा उपमुख्यमन्त्रीहरू उपस्थित थिए । गुप्तासँगै ६ जना मन्त्रीहरूले पनि शपथ लिएका छन् । यसमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई हराउने प्रवेश वर्मा, आशीष सूद, मनजिन्दर सिंह सिरसा, रवीन्द्र इन्द्राज सिंह, कपिल मिश्रा र पंकजकुमार सिंह सामेल छन् ।
शपथअघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गुप्ताले भनिन्, ‘यो निकै ठुलो जिम्मेवारी हो । ममाथि भरोसा देखाउनुभएकोमा म प्रधानमन्त्री मोदी र पार्टी हाइकमानलाई धन्यवाद दिन चाहन्छु । मैले दिल्लीको मुख्यमन्त्री बन्छु भनेर कहिले पनि सोचेको थिइनँ । म शीशमहलमा बस्ने छुइनँ ।’
दिल्लीको मुख्यमन्त्रीको आधिकारिक आवासलाई भाजपाले शीशमहलको नाम दिएको थियो । अरविन्द केजरीवालले यसलाई निर्माण गरेका थिए । केजरीवालले यो बनाउन करोडौँ रुपैयाँ खर्च गरेको आरोप भाजापाको छ । भाजपाले यसलाई चुनावी मुद्दासमेत बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण