रेखा गुप्ता बनिन् दिल्लीकी नवौँ मुख्यमन्त्री, केजरीवाललाई हराउने वर्मा मन्त्री

नयाँ दिल्ली । शालीमार बागबाट भारतीय जनता पार्टी (भाजपा) की विधायक रेखा गुप्ता दिल्लीको नवौँ मुख्यमन्त्री बनेकी छन् । गुप्ताले बिहीबार रामलीला मैदानमा मुख्यमन्त्री पदको शपथ लिएकी हुन् ।
कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमित शाहलगायत भाजपा शासित राज्यका मुख्यमन्त्री तथा उपमुख्यमन्त्रीहरू उपस्थित थिए । गुप्तासँगै ६ जना मन्त्रीहरूले पनि शपथ लिएका छन् । यसमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई हराउने प्रवेश वर्मा, आशीष सूद, मनजिन्दर सिंह सिरसा, रवीन्द्र इन्द्राज सिंह, कपिल मिश्रा र पंकजकुमार सिंह सामेल छन् ।
शपथअघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गुप्ताले भनिन्, ‘यो निकै ठुलो जिम्मेवारी हो । ममाथि भरोसा देखाउनुभएकोमा म प्रधानमन्त्री मोदी र पार्टी हाइकमानलाई धन्यवाद दिन चाहन्छु । मैले दिल्लीको मुख्यमन्त्री बन्छु भनेर कहिले पनि सोचेको थिइनँ । म शीशमहलमा बस्ने छुइनँ ।’
दिल्लीको मुख्यमन्त्रीको आधिकारिक आवासलाई भाजपाले शीशमहलको नाम दिएको थियो । अरविन्द केजरीवालले यसलाई निर्माण गरेका थिए । केजरीवालले यो बनाउन करोडौँ रुपैयाँ खर्च गरेको आरोप भाजापाको छ । भाजपाले यसलाई चुनावी मुद्दासमेत बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिदेशीय टी–२० शृङ्खला : नेपाल र नेदरल्याण्ड्स भिड्दै
-
ट्रान्सफर्मर चोरी भएपछि सयौँ परिवार खानेपानीबाट वञ्चित
-
‘गीतकार टेक तामाङ साङ्गीतिक साँझ–२०८२’ हुने
-
माग थाती राख्दै सुनचाँदी व्यवसायीले खोले पसल
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान