राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक, पूर्वराजाको आह्वानबारे छलफल हुने
काठमाडौँ । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । फागुन १५ गतेका लागि बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे ।
बैठक नियमित भएको बताउँदै श्रेष्ठले पार्टीको यसअघि भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठक, बैठकले गरेका निर्णयहरुको कार्यान्वयन, आन्दोलन, संगठानिक गतिविधिलगायतका विषयमा छलफल हुने बताए ।
यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको भिडियो सन्देशको विषयमा पनि स्वाभाविक रुपमा बैठकमा छलफल हुने उनको भनाइ छ । पूर्वराजाले देशको उन्नतिका लागि साथ दिन देशबासीलाई आह्वान गरेका थिए ।
‘राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्छ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ’,शाहको भनाइ थियो, ‘राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौं ।’
पूर्वराजाको आह्वानपछि राजावादी पार्टी राप्रपा उत्साहित देखिएको छ । सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार रातोपाटीसँग कुराकानी गर्दै राजसंस्थालाई कुनै न कुनै रूपमा स्पेस दिएर अघि बढ्दा सबैको कल्याण हुने जिकिर गरेका थिए ।
उनले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति समय सान्दर्भिक भएको समेत उनको भनाइ थियो ।
‘षड्यन्त्रपूर्वक राजसंस्था र हिन्दु राष्ट्रको अन्त्य गरियो अनि संघीयताको बोझ देशलाई बोकाइयो’, लिङ्देनले भने, ‘त्यस कारण अहिले समयले नै के प्रमाणित गर्यो भने राजसंस्था हटेर देशलाई के फाइदा भयो रु देशले धेरै नोक्सान बेहोर्नुपरेको अवस्थामा राजालाई कुनै न कुनै स्पेस दिएर अघि बढ्दा सबैको हित र कल्याण हुन्छ ।’
राजसंस्थालाई साथ दिनेहरू सबै समय क्रमसँगै एक ठाउँमा आउने समेत लिङ्देनको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण