नेप्सेमा सामान्य अंकले सुधार, कारोबार रकम ८ अर्ब मात्रै
काठमाडौँ । बिहीबार नेप्से परिसूचक ३.१४ अंकले वृद्धि भएको छ । मंगलबार ११.९१ अंक बढेको नेप्से बिहीबारको कारोबारमा पनि निरन्तरता पाएको छ । बिहीबार ३.१४ अंकले वृद्धि भएर २७४३.७४ बिन्दु कायम भएको छ ।
सेन्सेटिभ इण्डेक्स १.९० अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंकले घटेको नेप्सेले जनाएको छ ।
बिहीबार कारोबारमा आएका ३०९ कम्पनीको १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार ५९९ रुपैयाँको सेयर कारोबार भएको छ ।
नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । जसमा जीवन बिमा, निर्जीवन बिमा, अन्य र व्यापार उपसमूहको परिसूचक बढेको छ । तर, वित्त उपसमूह होटल तथा पर्यटन, लगानी र लघुवित्त, बैंक, विकास बैंक, हाईडोपावर र म्युचुअल फन्ड उपसमूहको परिसूचक घटेका छन् ।
कारोबारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, लक्ष्मी लघुवित्त, उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने बाराही हाइड्रोपावर, वन नेपाल लघुवित्त, अप्पर हेवाखोला हाइड्रोपावर, भुगोल इनर्जी, दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण