नेप्सेमा सामान्य अंकले सुधार, कारोबार रकम ८ अर्ब मात्रै

काठमाडौँ । बिहीबार नेप्से परिसूचक ३.१४ अंकले वृद्धि भएको छ । मंगलबार ११.९१ अंक बढेको नेप्से बिहीबारको कारोबारमा पनि निरन्तरता पाएको छ । बिहीबार ३.१४ अंकले वृद्धि भएर २७४३.७४ बिन्दु कायम भएको छ ।
सेन्सेटिभ इण्डेक्स १.९० अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंकले घटेको नेप्सेले जनाएको छ ।
बिहीबार कारोबारमा आएका ३०९ कम्पनीको १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार ५९९ रुपैयाँको सेयर कारोबार भएको छ ।
नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । जसमा जीवन बिमा, निर्जीवन बिमा, अन्य र व्यापार उपसमूहको परिसूचक बढेको छ । तर, वित्त उपसमूह होटल तथा पर्यटन, लगानी र लघुवित्त, बैंक, विकास बैंक, हाईडोपावर र म्युचुअल फन्ड उपसमूहको परिसूचक घटेका छन् ।
कारोबारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, लक्ष्मी लघुवित्त, उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने बाराही हाइड्रोपावर, वन नेपाल लघुवित्त, अप्पर हेवाखोला हाइड्रोपावर, भुगोल इनर्जी, दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक