सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
काठमाडौँ । सशस्त्र प्रहरी बलका ३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस सूचि प्रकाशन गरेको हो ।
डीआईजी बढुवाको पहिलो नम्बरमा कृष्ण ढकाल छन् । उनी सशस्त्र प्रहरी स्थापनापछि इन्स्पेक्टरमा भर्ना भएका पहिलो अर्थात् सिसम–१ का अधिकृत हुन् । सिसम–२ का दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट डीआईजीमा सिफारिस भएका छन् ।
बढुवा प्रतिस्पर्धामा रहेका सिसम–१ का मनिष थापा छुटेका छन् । उनी ढकालसँगै २०५९ कार्तिक २६ मा सेवा प्रवेश गरेका थिए । बढुवा सिफारिस भएका भट्ट हाल युएन मिसन अन्तर्गत सोमालियामा कार्यरत छन् । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मध्येमा १ नम्बर बरीयताका कृष्ण पाठक पनि छुटेका छन् ।
उनी नेपाल प्रहरीको प्राविधिकतर्फबाट सशस्त्रमा प्रवेश गरेका थिए । पाठकले एपिएफ कमान्ड तथा स्टाफ कलेज पास गरेका छैनन् । सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार सशस्त्रमा डीआईजी हुन स्टाफ कलेज पुरा गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण