अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य, कसको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९६ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रूपैयाँ २३ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ३२ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९८ पैसा तय गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ १९ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ३४ पैसा र बिक्रीदर ९७ रूपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ४१ पैसा र बिक्रीदर १०३ रूपैयाँ ८६ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
जापानी येन १० को खरिददर ०९ रूपैयाँ २२ पैसा र बिक्रीदर ०९ रूपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०६ पैसा र बिक्रीदर १९ रूपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रूपैयाँ १२ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २३ पैसा र बिक्री दर ३१ रूपैयाँ ३७ पैसा तोकिएको छ ।
त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर ०९ रूपैयाँ ६२ पैसा र बिक्रीदर ०९ रूपैयाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९४ पैसा र बिक्रीदर १३ रूपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ३७ पैसा र बिक्री दर १९ रूपैयाँ ४५ पैसा निर्धारण भएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १७ रूपैयाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ २० पैसा र बिक्रीदर ४५० रूपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ७३ पैसा र ओमनी रियाल एकको खरिददर ३५९ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६० रूपैयाँ ९४ पैसा तय गरिएको छ ।
यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण