जनार्दन शर्माले पार्टी फुटाउँदै छ भन्नेहरू अराजक हुन् : नेता शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टीलाई बलियो बनाउन तित्तरवित्तर भएका शक्तिहरूलाई एकीकृत गर्ने प्रयास भइरहेको बताएका छन् । प्राइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले नेकपाका महासचिव विप्लवदेखि नेसपा अध्यक्ष डा बाबुराम भट्टराईसँग समेत एकताको लागि पहल भइरहेको जानकारी दिए ।
तपाईको नेतृत्वमा माओवादी केन्द्र फुट्दै छ भन्ने चर्चा छ नि भन्ने प्रश्नलाई उनले सिधै खण्डन गरे । उनले भने– 'माओवादी पार्टीलाई जनताले चाहेजस्तो बनाउने, छोडिएका एजेन्डालाई पुनः समेट्ने, सीमान्तकृत वर्गलाई समेट्ने जस्ता एजेन्डा मैले पार्टीमा दर्ज गरेको छु । केन्द्रीय कमिटी बैठकले मेरा एजेन्डा पारित गरेको छ । यो सब बुझ्दा बुझ्दै कसैले जनार्दनले पार्टी फुटाउँदै छ भन्छ भने त्यो जस्तो मूर्ख र अराजक अरू हुनै सक्दैन ।'
आफू विदेश भ्रमणमा रहेको समयमा १६ जना सांसद्ले अध्यक्ष प्रचण्डविरुद्ध हस्ताक्षर गरेको भन्ने हल्ला फैलाइएको स्मरण गर्दै उनले तत्कालीन समयमा पनि आफूले सो हल्लाको खण्डन गरेको बताए । पार्टी भित्र हुने गरेका गलत क्रियाकलापको विरोध गर्दैमा कोही सशङ्कित हुन आवश्यक नरहेको उनको भनाइ छ ।
अखिल क्रान्तिकारीको निर्वाचनमा गुटको संरक्षण गर्नुभयो नि भन्ने प्रश्नमा नेता शर्माले प्रतिस्पर्धाबाट जित हासिल गरेकाहरुको मनोवल गिराउने गरी नकारात्मक हल्ला मात्र फैल्याइएको जिकिर गरे । उनले भने– 'चार पाँच जना प्रतिस्पर्धामा उत्रिएकामध्ये कसैलाई रोज्न त पाइयो नि, मैले कसैलाई राम्रो छ भने हुँला । पार्टीको नीति अनुसार त्यति अधिकार त मलाई पनि छ नि ? त्यसैकै आधारमा कसैले गुटबन्दी भयो भन्छ भने मेरो भन्नु केही छैन ।'
पार्टीमा निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्छ भन्ने नेताहरू ९० प्रतिशतभन्दा माथि रहेको उनको भनाइ छ । आगामी महाधिवेशनमा प्रतिस्पर्धामार्फत नै पार्टीको नेतृत्व चयन हुने विश्वास उनले व्यक्त गरे । आगामी असारबाट महाधिवेशन प्रक्रिया सुरु हुने र मङ्सिरमा महाधिवेशन हुने शर्माको भनाइ छ ।
सरकारले ल्याएको अध्यादेश प्रक्रियामा आफ्नो विमति नरहे पनि अध्यादेशको विषयमा भने विमति रहेको उनले प्रस्ट पारे ।
पूर्व राजाले ज्ञानेन्द्र शाहले जनतासँग साथ खोजेको प्रसङ्गमा उनले पूर्वराजालाई पनि बोल्ने अधिकार रहेको बताए । बोल्ने अधिकार सबैलाई संविधानले दिएको भन्दै उनले हिजोका दिनमा जस्तो बोल्नै नपाउने अवस्था अहिले नरहेको जिकिर गरे । बोलेकै आधारमा उनलाई थुन्नुपर्छ भन्नु जायज नभएको शर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण