इटालीलाई विश्वकप चुमाउने टोलीका गोलरक्षक बुफोन नेपाल आउँदै
काठमाडौँ । इटालीलाई फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि चुमाउन महत्वपूर्ण योगदान गर्ने चर्चित गोलरक्षक जियानलुइगी बुफोन नेपाल आउने भएका छन् । उनी केपी ओली कप फुटबल प्रतियोगिताका क्रममा नेपाल आउन लागेका हुन् ।
केपी ओली कप फुटबल प्रतियोगिताको आयोजक राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेले चर्चित गोलरक्षक बुफोन नेपाल आउन लागेको जानकारी दिए । केपी ओली कप फुटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ ।
‘केपी ओली कपका क्रममा गोलरक्षक बुफोन नेपाल आउने पक्का भइसकेको छ । सम्झौता पनि भइसकेको छ । हामी जतिसक्दो चाँडो उहाँलाई नेपाल ल्याउने तयारी गरिरहेका छौँ । अहिले उहाँको टिकटको तयारीमा जुटेको छौं,’ अध्यक्ष क्षितिजले रातोपाटीसँग भने ।
इटालीलाई सन् २००६ मा जर्मनीमा आयोजित फिफा विश्वकपको उपाधि चुमाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उक्त विश्वकपको फाइनलमा इटालीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराएको थियो । यसदेखि वाहेक पनि उनको उत्कृष्ट प्रदर्शनमा इटालीले थुप्रै महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो । उनी आफ्नो समयका विश्वकै सर्वाधिक लोकप्रिय गोलरक्षक थिए । उनले विश्वका विभिन्न चर्चित क्लबबाट व्यवासायिक फुटबल खेलेका थिए ।
४७ वर्षीय बुफोनले पार्मा, युभेन्ट्स, पेरिस सेन्ट जर्मन (पीएसजी) लगायतका चर्चित क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए । उनले थुप्रैपटक इटालियन सिरिएको उपाधि पनि जितेका थिए । उनी इटालीका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने गोलरक्षक पनि हुन् । उनले इटालीको राष्ट्रिय टोलीको कप्तानी पनि गरेका थिए । आइतबारदेखि सुरु हुने केपी ओली कपमा नौ टोलीको सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण