अब राजसंस्थाका बारेमा सेनाले निर्णय लिनुपर्ने बेला आयो : रवीन्द्र मिश्र
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्था पुनर्स्थापना लागि नेपाली सेनाले निर्णय लिनुपर्ने बेला आएको बताएका छन् । पूर्व सेनापतिहरूकै कारण देशबाट राजसंस्था हटेकोमा गुनासो गर्दै उनले सेनाकै निर्णयबाट राजसंस्था फर्किन सक्ने बताएका हुन् ।
‘नेपाली सेनाका दुईजना प्रधानसेनापतिले समयमा, परिआएको बेलामा आफ्नो परमाधिपतिको रक्षा गर्न सक्नुभएन । उहाँहरूप्रति मेरो ठुलो गुनासो छ,’ उनले भने,‘सेना भनेको देशको दीर्घकालीन सुरक्षाको सुनिश्चित गर्छ । गणतन्त्र आउने बेलामा दुईजना प्रधानसेनापतिले ७ दलका नाइकेहरूलाई यो संस्थालाई छुन पाउँदैनौ भनेर अड्डी लिएको भए गणतन्त्र आएर यो डामाडोल हुँदैनथ्यो ।’
अहिले पूर्वराजाबाट आफूलाई साथ दिन आह्वान गरेको अवस्थामा सेनाले गहन समीक्षा गर्नुपर्ने उनले सुनाए । सेनासँगै राजसंस्था पुनर्स्थापना लागि उनले प्रहरी र अन्य सुरक्षा निकायको पनि साथ खोजेका छन् ।
पोखरामा राप्रपाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले राजाको वरिपरि हुँदा राजावादी भन्ने र चुनावमा पूरानै पार्टीहरूलाई भोट हाल्ने परिपाटीबाट माथि उठ्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण