हमासले रेडक्रसलाई हस्तान्तरण गरेको नयाँ शव कसको ? इजरायलले थाल्यो अनुसन्धान
काठमाडौँ । शुक्रबार साँझ रेडक्रसलाई हस्तान्तरण गरिएको नयाँ शव इजरायली बन्धक शिरी बिबासको भएको हमासले दाबी गरेको छ। इजरायली चिकित्सा अधिकारीहरूले शवको अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।
यसअघि बिहीबार हमासले इजरायललाई चार शव हस्तान्तरण गरेको थियो। त्यतिबेलै हमासले दाबी ती मध्ये एक शव शिरी बिबासको भएको दाबी गरेको थियो ।
तर, शवको फोरेन्सिक जाँच गरेपछि इजरायलले उक्त शव शिरी बिबासको नभई एक अपरिचित महिलाको भएको बताएको थियो ।
लगत्तै हमासले इजरायललाई नयाँ शव हस्तान्तरण गरेको हो। हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई यो कुरा पुष्टि गरेका छन्।
७ अक्टोबर २०२३ मा, हमासले ३३ वर्षीया शिरी बिबासलाई उनका दुई छोराछोरी, ५ वर्षीया एरियल र २ वर्षीय काफिरसँगै बन्धक बनाएको थियो। हमासले इजरायली बम विस्फोटमा बालबालिका र उनीहरूकी आमा दुवैको मृत्यु भएको बताएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण