बुढानीलकण्ठमा ११ भाइको भेलापछि शेखर पक्षको पनि बैठक
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पक्षीय नेताहरूको बैठक अहिले बसिरहेको छ । विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बसिरहेको बैठकमा उनी पक्षीय नेताहरू सहभागी छन् ।
बैठकमा डा.कोइराला, डा.मिनेन्द्र रिजाल, सहमहामन्त्री जीवन परियार, सरिता प्रसाईं, सञ्जय गौतमसहितका नेताहरू सहभागी छन् । बैठकमा पार्टी महाधिवेशन र समसामयिक राजीनितिक विषयमा कुराकानी भइरहेको जनाइएको छ ।
केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा देउवा पक्षका नेताहरुको बैठक बसेको थियो । सो बैठकमा देउवा पक्षाका ११ जना नेताहरुको सहभागिता रहेको थियो ।
सो बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे पनि छलफल भएको थियो । बैठकमा सभापति देउवाले महाधिवेशन गर्ने दायित्व आफ्नो भएकाले समयमा गर्नका लागि वातावरण निर्माण गर्न तयार रहेको बताएका थिए । कांग्रेसको वर्तमान कार्यसमितिको कार्यकाल २०८२ मंसिरमा सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण