रास्वपाको राजनीतिक प्रशिक्षण : ६ मुख्य शीर्षकका ५६ वटा विषय समावेश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिका सदस्यहरूलाई राजनैतिक प्रशिक्षण सञ्चालन गरेको छ । शुक्रबारदेखि सञ्चालन भएको राजनैतिक प्रशिक्षणको पाठ्यक्रम केन्द्रीय समितिबाट स्वीकृत गरिएको थियो ।
नयाँ बन्दै गरेको संगठनलाई प्रशिक्षण गर्दै जाने योजना स्वरूप रास्वपाले केन्द्र देखि प्रशिक्षण आरम्भ गरेको हो। यस अघि उपलब्ध विज्ञको आधारमा रास्वपाले प्रशिक्षण गर्दै आएको थियो ।
रास्वपाको स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थली काठमाडौँमा आयोजना गरिएको छ । पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्त्व बारे प्रकाश पार्दै प्रशिक्षण सुरु भएको थियो ।
प्रशिक्षणमा कार्यवाहक सभापति डोल प्रसाद अर्याल, उपसभापति डा स्वर्णिम वाग्लेले, कार्यवाहक महामन्त्री, सहमहामन्त्रीहरू, कोषाध्यक्ष, सहकोषाध्यक्ष, केन्द्रीय सदस्यहरू, सांसदहरूको उपस्थिति रहेको थियो ।
रास्वपाले यो प्रशिक्षणमा मूलतः ६ वटा मुख्य विषयहरू प्रशिक्षणमा समेटेको छ । जसमा राजनीतिक प्रशिक्षण, शासन प्रणाली, समाज, सामाजिक न्याय र कानुन, अर्थराजनीति र भूराजनीति, सांगठनिक, जिम्मेवारी र लक्ष्य र प्रशासनिक व्यवस्था रहेका छन् ।
प्रशिक्षणका ६ मुख्य शीर्षकहरूलाई १५ भागमा विभाजन गरी कुल ५६ वटा विषयहरूमा दुई दिने प्रशिक्षण सञ्चालन भएको छ । प्रशिक्षणमा कक्षागत प्रशिक्षण, व्यवहारिक अभ्यास र दस्ताबेज अध्ययनलाई विधिको रूपमा लिइएको छ । जसमा व्याख्यान, प्रस्तुति, र समूह छलफल, घटना अध्ययन, भूमिकानाटक, र सामूहिक कक्षा, सम्बन्धित पुस्तक, संविधान, र पार्टी दस्ताबेजहरू अध्ययन जस्ता विधिहरू समावेश गरिएको छ ।
रास्वपाले केन्द्रीय प्रशिक्षणमा प्रयोग गरेको सामाग्रीका आधारमा प्रदेश, जिल्ला र स्थानीय पालिका संगठनलाई समेत प्रशिक्षण दिने तयारी गरेको छ ।
पार्टीले प्रशिक्षणको मूल्याङ्कन विधि समेत बनाई मूल्याङ्कन गर्ने गरेको जानकारी गराइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
मुलुकको समृद्धिका लागि हरित कर र लगानी विस्तार गर्नुपर्नेमा जोड
-
प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध
-
११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
-
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्कराज राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण