एमाले नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग छ : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग रहँदै आएको जिकिर गरेका छन् ।
नेपालमा सञ्चालित गैर सरकारी संस्था अधिकांश एमालेसँग सम्बन्धित रहेको भनेर प्रचार हुने गरे पनि तथ्य त्यो भन्दा निकै फरक रहेको उनले बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालमा सञ्चालित गैर सरकारी संस्था अधिकांश नेकपा(एमाले)सँग सम्बन्धित रहेको भनेर प्रचार हुने गरेको छ । त्यसमा अझ नेताहरूको संलग्नता रहेको भनेर प्रचार गर्ने गरिएको छ । जबकि तथ्य त्यो भन्दा निकै फरक छ ।
बालबालिकाको क्षेत्रमा काम गर्नुहुने मानव अधिकार अभियन्ता गौरी प्रधानले एउटा प्रसङ्गमा भन्नु भएको सन्दर्भ मलाई यति वेला सम्झना भइरहेको छ । उहाँले भन्नु भएको थियो, ‘मानव अधिकार एलाइन्ससँग सम्बद्ध संस्थाहरूले विदेशबाट गैर सरकारी संस्थाले प्राप्त गर्ने अनुदानको १५ प्रतिशत हिस्सा पनि प्राप्त गर्दैनन्। तर पनि एलाइन्समा आबद्धहरू आँखाको तारो बन्ने गरेका छन् । किनकि उनीहरू पारदर्शी रूपमा समुदायमा काम गर्दछन्। तर ८५ प्रतिशत भन्दा बढी अनुदान प्राप्त गर्नेहरू खासै चर्चामा छैनन् । किनकि उनीहरू मध्ये अधिकांश बन्द कोठामा काम गर्दछन्। उनीहरू के गर्दछन् आम मानिसलाई थाह पनि हुँदैन ।’
मलाई लाग्दछ सत्य यस्तै होला । जहाँसम्म नेकपा(एमाले)को मूल नेतृत्वको कुरा छः त्यो विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग रहँदै आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण