६ जना इजरायली बन्धक गाजाबाट मुक्त
शनिबार, १० फागुन २०८१, २१ : २४
एजेन्सी । ६ जना इजरायली बन्धकहरू शनिबार रिहा भएका छन् । हमासले गाजाबाट रेडक्रसलाई हस्तान्तरण गरेपछि उनीहरु इजरायल फर्किएका छन्। हमासले राफाहमा आयोजित एक योजनाबद्ध प्रक्रियामार्फत अवेरा मेंगिस्टु र ताल शोहमलाई मुक्त गरेको थियो।
त्यसको केही घण्टापछि नुसेइरातमा एलिया कोहेन, ओमर शेम तोभ र ओमर वेन्कर्टलाई पनि उस्तै प्रक्रियामार्फत हस्तान्तरण गरियो। हिशाम अल-सैयदलाई गाजा सिटीमा मुक्त गरिएको बीबीसीले जनाएको छ ।
मेंगिस्टु र अल-सैयद क्रमशः २०१४ र २०१५ मा आफैं गाजामा छिरेपछि पक्राउ परेका थिए। अन्य चार जना भने २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणको क्रममा अपहरण गरिएका थिए।
उनीहरूको मुक्तिको बदलामा इजरायलले ६०२ जना प्यालेस्टिनी कैदीहरू तथा हिरासतमा रहेका व्यक्तिहरूलाई रिहा गर्ने पनि बीबीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण