जर्मनीमा ओलाफ शोल्ज फेरि बन्लान् चान्सलर ?
बर्लिन । जर्मनीमा आइतबार निर्वाचन भइरहेको छ । यस निर्वाचनमा ५ करोड ९२ लाख जनताले मतदान गर्नेछन् । निर्वाचनले भावी चान्सलर चयन गर्नेछ भने आगामी सरकारको स्वरूप कस्तो होला भनेर पनि तय गर्नेछ ।
निर्वाचनमा चार प्रमुख दलहरूले मुख्य भूमिका खेलिरहेका छन् । यी दलहरूमा क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू), क्रिस्चियन सोसल युनियन (सीएसयू), चान्सलर ओलाफ स्कोल्जको सोसल डेमोक्रेटिक पार्टी (एसपीडी) र ग्रीन्स र जर्मनीका लागि अति–दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी एएफडी) छन् । यी सबै दलहरूले मतदाताहरूको समर्थन जुटाउन जोडदार प्रचार गरेका थिए ।
निर्वाचन पूर्वका जनमत सर्वेक्षणहरूले क्रिस्चियन डेमोक्रेटिक युनियनका ६९ वर्षीय नेता फ्रडरिक मर्ज भावी चान्सलर बन्ने देखाएको छ । आफू चान्सलर बने भने आगामी चार वर्षमा सारा समस्या समाधान गर्ने वाचा उनले गरेका छन् । क्रिस्चियन डेमोक्रेटिक युनियनले जित्यो भनेर पनि सरकार बनाउने यो दलले कम्तिमा अर्को एउटा दलसँग गठबन्धन बनाउनु पर्नेछ । मर्जको पार्टीले जित्यो भने उनले स्कोल्जको पार्टी सोसल डेमोक्रेटिक पार्टीसँग गठबन्धनको सरकार बनाउने सम्भावना बढी छ ।
स्कोल्ज गएको तीन वर्षयता चान्सलर थिए । तर गएको वर्ष उनको सरकार ढलेको थियो । उनको नेतृत्वको गठबन्धन सरकारले युक्रेन युद्धका कारण जर्मनीको अर्थतन्त्रमा परेको असर लगायत कयौँ चुनौती सामना गरे । उनको सरकार कयौँ विवादमा पनि घेरिएको थियो । यसका कारण पनि उनको पार्टीको प्रदर्शन चुनावमा कस्तो होला भन्न नसकिने स्थिति छ ।
यस पटकको चुनावमा आप्रवासन र आर्थिक अवस्थालाई मुख्य मुद्दा बनाइएको छ । खास गरेर शरणार्थी र प्रवासीहरूले गरेको हाई–प्रोफाइल हमलाका कारण आप्रवासन चर्चामा छ । युक्रेन युद्धका कारण जर्मनीको आर्थिक अवस्था पनि गम्भीर बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण