पत्नीसँग खिचेको तस्बिरलाई लिएर जेलेन्स्कीलाई मस्कले किन गरे गाली ?
वासिङटन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्क निरन्तर सञ्चार माध्यमका हेडलाइनमा छाइरहन्छन् । उनले कयौँ पटक रुस–युक्रेन युद्धबारे टिप्पणी पनि गरिरहेका छन् ।
यस युद्धमा अमेरिकासँगै पश्चिमी युरोपेली देशहरू सुरुदेखि नै युक्रेनको साथमा थिए । तर डोनाल्ड ट्रम्प सत्तामा आएदेखि स्थिति फेरिएको छ । ट्रम्प आएयता अमेरिकासँग युक्रेनको सम्बन्ध चिसिएको छ ।
ट्रम्पले मात्रै होइन उनको प्रशासनका महत्त्वपूर्ण व्यक्तिमध्ये एक रहेका मस्कले पनि धेरै पटक युक्रेनका राष्ट्रपतिको आलोचना गरेका छन् । कयौं पटक यी दुवैले भोलोदिमिर जेलेन्स्कीको खिल्ली उडाए । केही दिन अघि ट्रम्प र मस्कले जेलेन्स्कीलाई तानाशाह भनेका थिए । माइक्रो ब्लगिङ वेसाइट एक्समा जेलेन्स्कीमाथि मस्कले आक्रमण गरिरहेका छन् ।
फेसन म्यागजिन भोगको कभरमा जेलेन्स्की र उनकी श्रीमती ओलेना जेलेन्स्कीको तीन वर्ष पुरानो तस्बिर सेयर गरेर मस्कले फेरि जेलेन्स्कीलाई गाली गरेका छन् । जेलेन्स्कीलाई उनले युक्रेनी सैनिकहरूको लाशबाट पैसा कमाउने ठूलो भ्रष्टाचार मेसिन चलाएको आरोप लगाएका छन् ।
पोष्टमा मस्कले २०२२ को जुलाईमा भोगमा आएको जेलेन्स्की र उनको पत्नीका पाँच आवरण तस्बिरहरू शेयर गरिएका छन् ।
‘युद्धको मोर्चामा बालबालिका मरिरहेका बेला उनले यो काम गरेका थिए ।’ पोष्टमा भनिएको छ । सबै युक्रेनी मिडियालाई नियन्त्रण गर्दा पनि आफू ठूलो अन्तरले हार्नेछु भन्ने उनलाई थाहा थियो त्यसैले उनले चुनाव रद्द गरेको र युक्रेनका जनताले उनलाई घृणा गर्ने अर्काे पोस्टमा मस्कले भनेका छन् ।
जेलेन्स्की २०१९ मा पाँच वर्षको कार्यकालका लागि निर्वाचित भएका थिए । उनको कार्यकाल सकिसक्दा पनि युद्ध र मार्शल लका कारण चुनाव हुन सकेको छैन । पोष्टमा मस्कले लामो समयसम्म चुनाव नगरेको र विपक्षी दलहरूलाई प्रतिबन्ध लगाएकोमा भन्दै जेलेन्स्कीलाई तानाशाह भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण