नेता तथा उच्च पदस्थको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राज्यको उच्च तहमा पुगेका नेता तथा व्यक्तिहरूको सम्पत्ति छानबिनका उच्चस्तरीय आयोग बनाउन माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अर्यालले प्रधानमन्त्रीले आफू पनि भ्रष्टाचार नगर्ने र गर्न नदिने बताउँदै आएको स्मरण गराउँदै राज्यको उच्च निकायमा सबैको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन माग गरेका हुन् ।
उनले वर्तमान प्रधानमन्त्रीले आफ्नो र सत्तारुढ दलका नेतामाथि लाग्दै आएको आरोपको छानबिनका लागि मार्ग प्रशस्त गर्ने हिम्मत देखाउन समेत सुझाव दिए । संसद्बाट प्रश्न उठेपछि आफ्ना सभापतिमाथि छानबिन गर्न तयार भएको र अहिले कानुनी लडाई लडिरहेको भन्दै उनले सरकार र सदन समेत अन्य नेताको छानबिनका लागि तयार हुनुपर्ने बताए ।
त्यस्तै उनले आफ्नो पार्टी सभापतिको नागरिकका विषयमा पनि सांसदहरूले प्रश्न उठाएको भन्दै पार्टी सभापतिको नागरिकता सांसदको घरमा नभई आवश्यक पर्ने निकायमा उपलब्ध गराइने स्पष्ट पारे । सहकारी प्रकरणमा दुई दलको दम्भले नभई नीति र विधिमार्फत छानबिन हुनुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण