यस्ता छन् केन्द्रीय कमिटीले पास गरेको १७ बुँदे प्रस्ताव (पूर्णपाठ)
_YBt8Yqy9Om.jpg)
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका स्वरूप, विद्यार्थी सङ्गठन र विधान लगायतको विवादबारे निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ । फागुन ९ र १० गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकले आन्दोलनका कार्ययोजना पारित गरे पनि स्वरूपबारे निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिएको हो ।
केन्द्रीय कमिटीका २९८ सदस्य उपस्थित बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, विनियमहरु, विभिन्न निर्देशिकाहरू, महाधिवेशनको सामान्य समीक्षा, पार्टीको तात्कालिक कार्य योजना र पार्टीका तात्कालिक सङ्गठनात्मक तथा विभिन्न राजनीतिक विषयमा छलफल भएको थियो ।
बैठकले वर्तमान सरकार नालायक र दमनकारी बन्दै जाने र सडकले सही बाटो नभेटाएर अराजक र पपुलिष्ट बन्दै जाने वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै पार्टी जनतामाझ जाने निर्णय गरेको छ । सो पार्टीले राजनीतिलाई सही दिशामा डोर्याउने आन्दोलनको कार्य योजनाका रूपमा पार्टीको आगामी कार्य योजना प्रस्ताव पारित गरेको छ ।
त्यस्तै पार्टीको नियमावली, विनियमहरू, विभिन्न निर्देशिका र महाधिवेशनको सामान्य समीक्षा सुझावसहित पारित गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
केन्द्रीय समिति बैठकमा प्राप्त सुझावहरूलाई समेटी तात्कालिक कार्य योजना र अन्य दस्ताबेजहरू सम्पादन गर्न र केन्द्रीय कमिटी बैठकमा उठेका सङ्गठनलगायत विषयहरूमा निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको सो पार्टीले जनाएको छ ।
बैठकले विभिन्न समसामयिक विषयमा पार्टीको धारणाका रूपमा २० बुँदे प्रस्ताव पारित गरेको छ ।
‘सरकारले संसद्लाई छलेर विभिन्न अध्यादेशहरू जारी गरेको छ । संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई अध्यादेश ल्याउनु संविधान, ऐन–कानुन, संसद् नियमावली र स्थापित अभ्यासको समेत उल्लङ्घन हो’, सो पार्टीले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने प्रावधान राखेर ल्याइएको अध्यादेशको अन्तर्वस्तुमा पनि सहमत हुन सकिन्न ।’ बैठकले अध्यादेशहरूलाई प्रक्रिया र अन्तर्वस्तु दुवै हिसाबले विरोध गर्दै अध्यादेशहरू निर्णयार्थ पेश भएमा विरोधमा मतदान गर्ने कुरा स्पष्ट पारेको छ ।
त्यस्तै भारतको ओडिसा राज्यको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणप्रति एकीकृत समाजवादीले ध्यानाकर्षण भएको जनाएको छ ।
मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र भारतमा नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूतिका लागि आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ ।
त्यस्तै मुलुकमा भ्रष्टाचार मौलाएको र भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको भन्दै सो पार्टी सहकारी ठगी, मिटर ब्याजी, अनलाइन ठगिले गर्दा गरिब जनताको जीवन कष्टकर हुँदै गएको निष्कर्ष निकालेको छ ।
पारित समसामयिक प्रस्तावको पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु
-
राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’
-
दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला
-
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा उप्रेती नियुक्त