सशस्त्रलाई तीन वटा कामको जिम्मा दिनुपर्छ : पन्त
सोमबार, १२ फागुन २०८१, १४ : ३१
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले सशस्त्र प्रहरी बल नेपालको नामका बारेमा सोच्न सकिने बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा पेस भएको सशस्त्र प्रहरी बल नेपाल २०८१ विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सीमा सुरक्षा बल वा विपत् नियन्त्रण बल भनेर नाम राख्न सकिने मत राखेका हुन् ।
उनले सशस्त्रलाई तीन वटा काममा लगाउन सकिने भन्दै पहिलो सीमा सुरक्षा, विपत् व्यवस्थापन र तेस्रोमा दङ्गा नियन्त्रणमा खटाउनुपर्ने बताए । उनले सशस्त्र र नेपाल प्रहरीको कार्यक्षेत्रमा भएको दोहोरोपन सच्चाउनुपर्ने र फोर्स निर्माण गरिसकेपछि सेवा सुविधा पनि दिनुपर्ने बताए ।
उनले कार्यक्षेत्र टुङ्ग्याएर त्यही आधारमा कानुन बनाउन र सुविधा दिन सकिने पन्तको भनाइ छ । उनले सेनाको कमान्डमा राख्ने व्यवस्था कानुनमा लेख्न नहुने पनि पन्तको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण