मिसन इलाकातर्फ ११८ जना नेपाली शान्ति सैनिक
सोमबार, १२ फागुन २०८१, १५ : ०९
_iQT7bN618F.jpg)
काठमाडौँ । ११८ जना नेपाली शान्ति सैनिक मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ दि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौँ डफ्फालाई बदली गर्नको लागि रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फाका ११८ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली नेपालबाट इलाकातर्फ प्रस्थान गरेको हो ।
सेनानी कपिल कुमार सिंहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा उनीहरु मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी छैठौँ डफ्फामा कार्यरत ११६ जना शान्ति सैनिकहरू सेनानी दिपेश राना मगरको नेतृत्वमा स्वदेश फिर्ता भएका थिए ।
हाल उक्त मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपालाई एमाले सांसदले जुत्ता चप्पल खोलेर विरोध गर्न मिल्दैन भनेपछि...
-
विकल पौडेललगायतविरूद्ध सर्वोच्च पुग्यो अख्तियार
-
‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन
-
आयोगले दुई खरिदारसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा चलायो
-
अनेरास्ववियुका नवनिर्वाचित अध्यक्षलाई प्रश्न– तपाईंसँग शिक्षामा सुधार गर्ने कुन क्याप्सुल छ ? (भिडियोसहित)
-
नक्कली प्रमाणपत्रधारी सव–इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर