बर्ड फ्लु नियन्त्रण कसरी गर्ने ?
काठमाडौँ । इन्फ्लूएन्जा भाइरसको कारण पन्छी प्रजातिमा फैलिने एभिएन इन्फ्लूएन्जा नामक सङ्क्रामक महामारीको नाम नै बर्ड फ्लु हो । इन्फ्लुएन्जा भाइरसका तीन समूहहरूमध्ये समूह ‘ए’ मा पर्ने यही भाइरसको सक्रमणबाट चराहरूमा फैलिने महामारी रोगलाई बर्ड फ्लु भन्ने गरिन्छ ।
यो रोगबाट विशेष गरेर पन्छी प्रजातिमा बढी प्रभावित हुन्छन् ।
यसलाई नियन्त्रण गर्न पशु सेवा विभागले दिएको छ यस्ता सुझाव
–फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न/गराउनु हुन ।
–सम्पूर्ण पन्छीपालक कृषकहरूले फार्म परिसरमा नियमित रूपमा निः सङ्क्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुहुन ।
–घरपालुवा पन्छीलाई जङ्गली पन्छीहरूको सम्पर्कमा आउन नदिन खुल्ला रूपमा गरिने पन्छी पालनलाई निरुत्साहित गर्न/गराउनु हुन ।
–बिक्री वितरणका लागि बजार लगिएका पन्छीहरू फिर्ता ल्याउनुपर्ने भएमा खोरका अन्य बथानसँग नमिसाई कम्तीमा १४ दिन अलग्गै राख्न हुन ।
–पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न/गराउन हुन ।
–कुनै पनि पन्छी फार्म वा अन्य पन्छी बिक्री स्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना दिन विभागको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण