नेपाल बार एसोसिएसनको निर्वाचन कार्यक्रम तय
अध्यक्षको उम्मेदवारले ५० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने
सोमबार, १२ फागुन २०८१, १९ : ५८
काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि निर्वाचन कार्यक्रम तय भएको छ । निर्वाचन आगामी चैत २३ गते शनिबार हुनेछ ।
निर्वाचन समितिका अनुसार फागुन १५ गते बिहीबार मतदाता नामावली प्रकाशन गरिनेछ । त्यस्तै, मतदाता नामावलीमा दाबी विरोधका लागि फागुन १८ गतेको समय तोकिएको छ ।मतदाताको अन्तिम नामावली फागुन २० गते प्रकाशित गरिनेछ ।
यसैगरी उम्मेदवारका लागि दरखास्तको मिति फागुन २२ गते बिहान ११ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको छ । अध्यक्ष पदका लागि ६० हजार रुपैयाँ, उपाध्यक्षका लागि ४० हजार रुपैयाँ, महासचिवका लागि ४० हजार रुपैयाँ, कोषाध्यक्षका लागि ४० हजार रुपैयाँ तथा सदस्यहरूका लागि ३० हजार रुपैयाँ दाखिला शुल्क तोकिएको छ ।
उम्मेदवारहरूको प्रथम नामावली फागुन २२ गते प्रकाशित गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण