माओवादी अभियान : यस्ता छन् मोरङमा तय भएका कार्यक्रम
विराटनगर । नेकपा (माओवादी केन्द्र)ले सोमबारदेखि सुरु गरेको हुलाकी मार्ग एवं पूर्वपश्चिम लोकमार्गमा आधारित जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत आज मोरङमा १० स्थानमा कार्यक्रम तय भएको छ ।
पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितको पदाधिकारीको टोली बिहान ९ बजे मोरङको कानेपोखरी चोकमा आइपुग्ने भएको छ । त्यहाँ चिया खाएर साढे ९ बजे पार्टी प्रवेश गर्न लागेका कांग्रेस नेता जयराज लिम्बुको घरमा भेटघाट कार्यक्रम रहेको छ । त्यसपछि कानेपोखरी रमाइलो बजारमा खबरदारी सभा तय भएको छ ।
त्यहाँको कार्यक्रम सकेर अभियान टोली मोरङ सुनवर्षीको कदमगाछीमा रहेको सुधीर मण्डलको घर साढे १२ बजेसम्ममा खाना खाने, सहिद परिवार जुब्बा सोरेनको घरमा भेटघाट गर्ने र १ बजेदेखि साढे २ बजेसम्म रतुवामाईको आमबारी चोकमा खबरदारी सभामा सहभागी हुनेछ ।
खबरदारी सभा सम्पन्न भएपछि अभियान टोली सुनवर्षी ८ मुस्लिम टोल मेहबुब आलमको घरमा चिया खाने र साँझ ५ बजेसम्ममा धनपालथानको कर्सिया बजारको खबरदारी सभामा सहभागी हुने कार्यक्रम छ । त्यसपछि ६ बजेसम्म सानातिना भेटघाट, साँझ ७ बजे धनपालथान–५ दादरबुैरियामा तय गरिएको बासस्थानमा पुग्ने कार्यक्रम छ । यस्तै १४ गते बिहान सोही स्थानमा मर्निङवाक गर्दै बिहान ८ बजे विराटनगर आउने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण