प्रीति जिन्टाको १८ करोड ऋण कसले गर्यो माफ ? के भन्छिन् अभिनेत्री ?
नयाँ दिल्ली । बलिउड अभिनेत्री प्रीति जिन्टा लामो समयदेखि हिन्दी सिनेमाबाट टाढा छिन् । २०१६ मा जीन गुडइनफसँग विवाह गरेयता प्रीति बलिउडबाट टाढिएकी हुन् । तर सामाजिक सञ्जाल र आईपीएल टिम ‘किंग्स ११ पन्जाब’मार्फत अभिनेत्री आफ्ना फ्यानहरूसँग नजिक रहँदै आएकी छिन् ।
अभिनेत्रीको १८ करोड भारुको कर्जा माफ गरिएको खबर आएको छ । न्यू इन्डिया कोअपरेटिभ बैंक लिमिटेडले उनको नाममा रहेको १८ करोड रुपैयाँको ऋण माफ गरेको बताइएको छ । यस विषयमा प्रीतिले आफ्नो मौनता तोडेकी छिन् ।
प्रीति जिन्टाले एक विज्ञप्ति जारी गर्दै यो अफवाह अस्वीकार गरेकी छिन् । मनीलाइफको एक रिपोर्टले बैंकमा ठुलो वित्तीय अव्यवस्था र कथित भ्रष्टाचारको पर्दाफास गरेपछि यो विवाद सुरु भएको थियो । यस मामिलामा भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई)ले पनि यसमा कडाइ गरेको थियो ।
के थियो आरोप ?
प्रतिवेदन अनुसार शाखा प्रबन्धकलाई जानकारी नदिई २५ करोड रुपैयाँसम्मको कर्पाेरेट ऋण स्वीकृत गरिएको थियो । यी मध्ये कयौं कर्जालाई फन्ड डाइभर्जनका कारण एक वर्ष भित्र नन–पफर्मिङ एसेटमा रुपान्तरण गरिएको थियो । उच्च प्रोफाइल मामिलामध्ये एकमा बलिउड अभिनेत्री प्रीति जिन्टालाई १८ करोड रुपैयाँको ऋण थियो ।
ऋण उचित असुली प्रक्रियाहरू पालना नगरी लिइएको दाबी प्रतिवेदनमा गरिएको थियो । यी आरोपका बीचमा प्रीति जिन्टाले आफ्नो कानुनी टोली मार्फत एक बयान जारी गरी छिन् ।
‘१२ वर्षभन्दा पहिले, मसँग न्यू इन्डिया कोअपरेटिभ बैंक लिमिटेडमा ओभरड्राफ्ट सुविधा थियो । १० वर्षभन्दा बढी समय पहिला नै मैले यो ओभरड्राफ्ट सुविधाको सम्बन्धमा बाँकी रहेको सबै रकम पूर्ण रूपमा चुक्ता गरेको थिएँ । यो खाता बन्द भइसकेको छ ।’
यसमा उनले भनेकी छिन् । २०१९ मा ८० भन्दा बढी वरिष्ठ कर्मचारीहरूलाई राजीनामा दिन बाध्य पारिएको थियो, जसले गर्दा कर्मचारीहरूले आरबीआईलाई फोरेन्सिक अडिट गर्न, निर्देशक बोर्ड भंग गर्न र जिम्मेवार व्यक्तिहरूको व्यक्तिगत सम्पत्तिबाट नोक्सान असुल गर्न आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण