घाइते हुँदै च्याम्पियन्स ट्रफीबाट बाहिरिए इङ्ल्यान्डका तीव्रगतिका प्रभावशाली बलर
काठमाडौँ । इङ्ल्यान्डका प्रभावशाली बलर ब्राइडन कार्स आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणबाट बाहिरिएका छन् । २९ वर्षीय तीव्रगतिका बलर ब्राइडन केवल एक खेल खेल्दै जारी च्याम्पियन्स ट्रफीबाट बाहिरिएका हुन् ।
अस्ट्रेलियाविरुद्धको खेलमा उनी टोलीमा थिए । त्यो खेलमा उनले एक विकेट लिएका थिए भने आठ रन पनि बनाएका थिए । उनी खुट्टाको औंलामा गम्भीर चोट लागेका कारण प्रतियोगिताबाट बाहिरिएको समाचारमा जनाइएको छ ।
अस्ट्रेलियाविरुद्धको खेलका क्रममा उनको औंलामा चोट लागेको बताइएको छ । इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले उनको स्थानमा लेग स्पिनर रेहान अहमदलाई टोलीमा समावेश गरेको छ । रेहान अहमद छिट्टै पाकिस्तान आइपुग्ने बोर्डले जनाएको छ ।
च्याम्पियन्स ट्रफीको टेक्निकल कमिटीले पनि ब्राइडनको स्थानमा रेहान अहमदलाई टोलीमा समावेश गर्ने अनुमति दिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जनाएको छ । जारी च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्ड अप्ठ्यारो स्थितिमा छ ।
आफ्नो पहिलो खेलमा इङ्ल्यान्डको टोली अस्ट्रेलियासँग पराजित भएको थियो । यस्तोमा ब्राइडन प्रतियोगिताबाट बाहिरिनु इङ्ल्यान्डका लागि दुःखद पक्ष हो । इङ्ल्यान्डले आफ्नो दोस्रो खेल बुधबार अफगानिस्तानसँग खेल्दैछ ।
सेमिफाइनलमा पुग्ने सम्भावना जिवित राख्न उक्त खेलमा इङ्ल्यान्डले अफगानिस्तानलाई हराउनै पर्ने हुन्छ । त्यसपछि इङ्ल्यान्डले आफ्नो तेस्रो खेल आगामी शनिबार बलियो दक्षिण अफ्रिकासँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण