सहकारीको समस्याका कारण नेपाल ग्रे लिस्टमा : सांसद राणा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. उदय समशेर राणाले सहकारीको समस्याका कारण नेपाल ग्रे लिस्टमा परेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राणाले फाइनान्सियल एक्सन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको भन्दै नेपाललाई ग्रे लिस्टमा राखेको मुख्य कारण सहकारी रहेको जिकिर गरेका हुन् ।
उनले भने, ‘फाइनान्सियल एक्सन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको छ । विशेष गरेर मनि लाउण्डरिङ र सम्पत्ति शुद्धीकरणको विषय केन्द्रित हो । नेपाललाई ग्रे लिस्टमा राखेको मुख्य कारण सहकारीको कारण हो । सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको श्रोत कहाँबाट आयो भन्ने खोजिँदैन । अहिले हामीले नेपालमा बैंकलाई कसी कसी गर्ने र सहकारीलाई खुला गर्ने गर्दा पनि यो समस्या आएको हो ।’
उनले सहकारीलाई नियमन गर्नको निम्ति पनि सरकारले क्षमता बढाउन जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण