कोपा डेल’रे : बार्सिलोना र एटलेटिकोबीच कडा टक्कर, ४-४ को बराबरीमा टुंगियो खेल
बुधबार, १४ फागुन २०८१, ०४ : ४५
काठमाडौं । कोपा डेल'रे फुटबल सेमिफाइनल पहिलो लेगमा बार्सिलोना र एटलेटिको मड्रिडले ४-४ को बराबरी खेलेका छन् । बार्सिलोनाको घरेलु मैदानमा मंगलबार राती भएको पहिलो लेग बराबरी भएसँगै दोस्रो लेग जित्दै पर्ने दबाबमा दुबै टोली परेका छन् ।
बार्सिलोनाका लागि पेड्री, पाउ क्युबर्सी, इनिगो मार्टिनेज र रोवर्ट लेवान्डोस्कीले एक-एक गोल गरे । खेल सुरु हुनासाथ पहिलो मिनेटमै अल्वारेजको गोलबाट खाता खोलेको एटलेटिकोका एन्टोनी ग्रिजम्यान, मार्कोस लोरेन्ट र एलेक्सान्द्र सोरलोथले एक–एक गोल थपे ।
यी दुईबीचको दोस्रो एवं निर्णायक लेग (अप्रिल २) मेट्रोपोलिटानो स्टेडियममा हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण