अमेरिकी विमानस्थलमा यसरी टर्यो अर्को दुर्घटना
वासिङ्टन डीसी । मंगलबार बिहान अमेरिकाको शिकागोस्थित मिडवे विमानस्थलमा पाइलटको सुझबुझले दुई विमान ठोक्किने स्थिति टरेको छ ।
साउथवेस्ट एयरलाइन्सको विमान विमानस्थलमा अवतरण गर्ने प्रयास गरिरहेको बेला अर्को विमान, च्यालेन्जर ३५० निजी जेट धावनमार्ग पार गर्दै थियो । यतिबेला साउथवेस्ट एयरलाइन्सको विमान जमिनबाट ५० फिट मात्रै माथि थियो । अगाडि अर्को विमान उड्न लागेको देखेपछि पाइलटनले अचानक विमानलाई माथितिर लगे । पछि विमानलाई पाइलटले शिकागो विमानस्थलमा सुरक्षित अवतरण गरे ।
संघीय उड्डयन प्रशासनले यस मामिलामा अनुसन्धान गरिरहेको छ । दोस्रो विमान अनुमति बिना धावनमार्गमा छिरेको बताइएको छ ।
मिडवे एयर ट्राफिक कन्ट्रोलले निजी जेटका पाइलटलाई रनवेबाट टाढा रहन कम्तीमा नौ पटक चेतावनी दिएका थिए, तर पाइलटले ती निर्देशनहरूलाई बेवास्ता गरेको बताइएको छ । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । घटना बिहान ९ बजेको हो ।
पछिल्लो केही हप्तायता अमेरिकामा एक पछि अर्को गर्दै कयौँ विमान दुघर्टना भइरहँदा दुघर्टना टरेको खबर राहतको कुरा बनेको छ । डिसेम्बरको अन्त्यता मात्रै मान्छेहरूको ज्यानै जानेगरी अमेरिकामा पाँच वटा हवाई दुघर्टना भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण