शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले शासन गर्नका लागि मात्र नभई मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि पनि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन् ।
एमाले उद्योग–व्यवसाय विशेष जिल्ला कमिटीद्वारा आज आयोजित जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएका कारण देशका ठूला दुई राजनीतिक दल मिलेर सरकार बनाएको बताए ।
“हामी शासन गर्नका लागि मात्र होइन, सङ्कटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउन, सुशासन कायम गर्न र जनतामा बढ्दै गएको निराशालाई चिर्नका लागि मिलेका हौँ”, उनले भने ।
महासचिव पोखरेलले विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको भन्दै विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको धारणा राखे । उनले राजनीतिक दलभित्र योगदान कम र अवसरको खोजी बढी हुँदै गएपछि अवसरवाद जन्मिने गरेका भन्दै त्यसलाई परास्त गर्न विचारलाई बलियो बनाउनुपर्ने बताए ।
कुनै पनि सङ्गठन एकताबद्ध र अनुशासित भएन भने उसले उपलब्धि प्राप्त गर्न नसक्ने धारणा राख्दै महासचिव पोखरेलले बलियो साङ्ठनिक शक्ति आवश्यक रहेको बताए ।
कार्यक्रममा उद्योग–व्यवसाय विशेष जिल्ला कमिटीका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले दुई पार्टी मिलेसँगै मुलुकको आर्थिक अवस्था विस्तारै सुधार भई लगानीको वातावरण बनिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान - इजरायल युद्धमा सहभागी हुन खोज्दैछन् ट्रम्प
-
शिक्षा विधेयक असार १५ भित्र पारित गर्ने दलहरूको प्रतिबद्धता पूरा नहुने निश्चित
-
महावाणिज्य दूतावासको आयोजनामा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया
-
समाजवादी मोर्चा गठन दुई वर्ष पूरा, औचित्यमाथि प्रश्न
-
चिडियाखानामा चोरको हातबाट फुत्किएका दुर्लभ रेडपाण्डाको मृत्यु
-
पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु