‘वरिष्ठ बलराम’ आगामी लक्ष्मी पूजामा रिलिज हुने
काठमाडौँ । ‘वरिष्ठ बलराम’ सुटिङका लागि फ्लोरमा निस्किने तयारीमा रहेको फिल्म हो । फिल्मको छायाङ्कन अगाडि नै रिलिज मिति निर्धारण गरिएको छ । निर्माण युनिटले फिल्म आगामी लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज गर्ने घोषणा गरेको छ ।
फिल्म सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेका हुन् । दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहने फिल्ममा आशिस एच तामाङ र श्रीराज कार्की निर्माताको रूपमा छन् ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहने फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । फिल्मको छायाङ्कन अर्को साताबाट बताइएको छ ।
सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायाङ्कन तराईका विभिन्न स्थानमा हुनेछ । फिल्म मनकृष्ण महर्जनले खिच्नेछन् ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, सम्राट् शाक्य एक्सन निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहनेछ ।
‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । सामाजिक कथावस्तु पस्किने चलचित्र सन्देशमूलकसँगै मनोरञ्जन प्रधान हुने निर्देशक पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण