अपडेटः ४ जना विदेशीले मलद्वारमा लुकाएर ल्याएका थिए सुन
बिहीबार, १५ फागुन २०८१, १३ : ३५
काठमाडौँ । चार जना विदेशी नागरिकले मलद्वारमा लुकाएर नेपालमा सुन ल्याएको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचका क्रममा उनीहरूले अवैध ढंगले सुन ल्याएको पाइएपछि पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिए ।
उनका अनुसार उज्वेकिस्तानका ती नागरिकहरूबाट ३ किलो ७४५ ग्राम सुन बरामद भएको छ । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष हुन् । जसमा ४९ वर्षीय फेजिभा साउदत, ४८ वर्षीय अख्मेदोभा उमेदा, ५४ वर्षीय मारिफालिभा र ४१ वर्षका तुरसुनोभ सारदोर रहेका छन् ।
उनीहरुलाई थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा बुझाइएको प्रहरीले जनाएको छ । चारै जना फ्लाइ दुबईको विमानमार्फत गएराति काठमाडौँ आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण