धार्मिक भावले लोकतान्त्रिक गणतन्त्रलाई पनि मजबुत बनाउँछ : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक भावले मानिसलाई अनुशासित बनाउने भएकाले यसले लोकतान्त्रिक गणतन्त्रलाई पनि मजबुत बनाउँदै लैजाने धारणा राखेका छन् ।
आज पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर परिसरमा धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन)को शुभारम्भ गर्दै उनले मानिसलाई आत्मानुशासनमा ल्याउन धार्मिक भावको आवश्यकता पर्ने बताए ।
“धार्मिक र लोकतान्त्रिक भावले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका सकारात्मक उपलब्धि संरक्षण गर्न सबैलाई प्रेरित गर्छ । यसले मुलुकको लोकतान्त्रिक प्रणाली थप मजबुत हुँदै जान्छ”, मन्त्री पाण्डेले भने ।
नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष एवं सूचनाको हकका लागि राष्ट्रिय महासङ्का अध्यक्ष उमीद बागचन्दले विधागत पत्रकारितामा कार्यरत पत्रकार सङ्गठित हुने क्रममा धर्म, संस्कृतिका विषयमा कलम चलाउनेको पनि संस्था खुल्नु स्वागतयोग्य रहेको बताए ।
काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष एवं संस्कृति, सम्पदा तथा पर्यटन विषयगत समितिका संयोजक आशामान सँगतले पशुपति क्षेत्रलाई सधैँ सिँगार्ने गरी व्यवस्था मिलाउन अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण