अपडेट
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते
बिहीबार, १५ फागुन २०८१, १५ : २७

सुर्खेत । सुर्खेतमा बिहीबार फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दैलेखको दुल्लुबाट कर्णाली राजमार्ग हुँदे वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४१९ नम्बरको उक्त गाडी वीरेन्द्रनगरस्थित बांगेसिमलमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रविर विश्वकर्माले गाडीमा सवार १६ मध्ये १३ जना घाइते भएको जानकारी दिए ।
घाइतेहरुलाई प्रदेश अस्पताल, माया नर्सिङ होम र कर्णाली केयरमा पठाइएको उनको भनाइ छ । गाडी अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन