विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकारले प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकारले प्राथमिकताका साथ महत्त्वपूर्ण कार्यक्रमहरू अघि बढाएको बताएका छन् । नवलपरासी रामनगर जेसीज लुम्बिनी प्रदेशस्तरीय शैक्षिक तथा सांस्कृतिक मेला २०८१ को उद्घाटन गर्दै उनले विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकार लागिपरेको बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानमार्फत सामुदायिक विद्यालयमा खस्कँदै गएको शैक्षिक गुणस्तर सुधार गर्ने संकल्प गरिएको उल्लेख गर्दै गत वर्षको एसईईको नतिजा कमजोर आएकाले यस वर्ष सुधार गर्ने लक्ष्य राखिएको बताए । उनका अनुसार सरकार शैक्षिक संस्थाहरूको सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न प्राथमिकताका साथ अघि बढिरहेको छ ।
विद्यालयको हरेक क्षेत्र सुधार गर्दै अघि बढ्नका लागि समुदायको पूर्ण साथ र सहयोग आवश्यक रहेको बताउँदै मुख्यमन्त्री आचार्यले विद्यार्थी, अभिभावक, शिक्षक तथा पूर्व विद्यार्थीहरूलाई अभियानमा जोडेर सरकार अघि बढेको उल्लेख गरे ।
प्रदेश सरकारले गत वर्षको एसईई नतिजालाई आधार मानेर शैक्षिक क्षेत्रको गुणस्तर मापन गरेको र त्यसलाई सुधार गर्ने प्रयासस्वरूप कारणहरूको खोजीमा लागेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण