रारा आगलागी अपडेट : पर्यटक सुरक्षित, अवस्था सामान्य बन्दै
मुगु । मुगुस्थित रारा तालको किनारमा अवस्थित होटलमा बुधबार राति आगलागी भएको घटनापछि यहाँको अवस्था सामान्य बन्दै गएको छ । यहाँ घुम्न आएका सबै आन्तरिक तथा बाह्य पर्यटक सुरक्षित रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अचुतराज आचार्यका अनुसार गोपाल बमले सञ्चालन गरेको ‘डाँफे’ होटलमा आगो लागेको थियो । आगलागी भएपछि ग्यास सिलिण्डर पड्किँदा पाँचवटा घर जलेर नष्ट भएका थिए । “काठका चार घर र ढुङ्गा माटोबाट निर्मित एउटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ”, उनले भने ।
आगो निभाउने क्रममा होटल सञ्चालक बम र होटलका भान्से जगत थापा सामान्य घाइते भएका प्रहरी निरीक्षक आचार्यले जानकारी दिए । दुवैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । आगलागीबाट पाँचवटै घरका सम्पूर्ण सामान नष्ट भएका छन् ।
“आगलागी हुँदा त्यहाँ ७९ पर्यटक रहेका थिए । उनीहरू सबैलाई त्यहाँ सुरक्षार्थ खटिएको हनुमानध्वज गुल्मका सैनिकले सुरक्षित स्थानमा लगेका थिए”, उनले भने । राति नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले घटनास्थलमा पुगेर आगो निभाएका थिए ।
आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्रहरी नायब उपरीक्षक सरोज गिरीसहितको टोली रारा पुगेको थियो । आगो निभाउन ताल्चा विमानस्थल सुरक्षार्थ खटिएको टोली पनि त्यसतर्फ गएको प्रहरी निरीक्षक आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको बजेटमा विपन्नलाई आवासदेखि मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम
-
३५ अर्ब ३९ करोड बजेटः हराए अर्गानिक नारा, असफल पुराना समेटिए योजना (पूर्णपाठ)
-
बागमतीले ३० अर्ब राजस्व उठाउने, डिजिटल राजस्व प्रणाली स्थापना गर्ने
-
५६ करोड भ्रष्टाचार मुद्दामा बागमतीका निलम्बित मेयर थापासहित ८ जनाको सुनुवाइ सर्यो
-
व्यवसायी भट्ट र अग्रवालको बयान सकिएन, न्यायिक हिरासतमा पठाइयो
-
भारतीय अवरोधका कारण नेपाली चिया उद्योग सङ्कटमा, असार ४ गतेदेखि उद्योग बन्द गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण