सिम्खडालाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’
काठमाडौँ । हास्य कलाकार तथा कवि शैलेन्द्र सिम्खडा ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’बाट सम्मानित भएका छन् । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ हास्य कलाकार वसुन्धरा भुसाल लगायतले सिम्खडालाई खादा, प्रमाण पत्र र ट्रफी प्रदान गरेका थिए ।
यो पुरस्कार हिमालयन शेर्पा सांस्कृतिक केन्द्रद्वारा वार्षिक रूपमा साम्दे शेर्पा स्मृति कोष मार्फत प्रदान गरिन्छ । वरिष्ठ कलाकार सिम्खडालाई यो पुरस्कार कला क्षेत्रमा हास्यव्यङ्ग्य मार्फत नेपाली मौलिकता, क्षेत्रीय कलाहरूको प्रवर्द्धन, सृजनशीलता र प्रभावकारिताका लागि दिइएको हो ।
कलाकार सिम्खडाले लामो समयदेखि स्टेज तथा डिजिटल सञ्चार माध्यममा हास्य व्यङ्ग्य प्रस्तुति दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण