मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेमकिपाको ८ औँ महाधिवेशन आजदेखि भक्तपुरमा

शुक्रबार, १६ फागुन २०८१, १२ : ४६
शुक्रबार, १६ फागुन २०८१

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को ८ औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि भक्तपुरमा हुने भएको छ । महाधिवेशनको उद्घाटन दिउँसो १ः ३० बजे भक्तपुरस्थित सल्लाघारीको खुला चौरमा हुने सचिव प्रेम सुवालले जानकारी दिए ।

सुवालका अनुसार ४० जिल्लाबाट चार सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । अहिले जिल्लाका विभिन्न स्थानबाट जुलुस उद्घाटन स्थलमा जाने तयारी भइरहेको उनले रातोपाटीलाई बताए । 

सुवालले अन्य वामपन्थी दलहरू सत्ताले भ्रष्टीकरण भइसकेको र कम्युनिस्टका नाममा कलंकित भएकाले महाधिवेशनमा अतिथिको रूपमा नबोलाइएको स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप