पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध
शुक्रबार, १६ फागुन २०८१, १४ : १८
दार्चुला । महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।
पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । सडक अवरुद्ध हुँदा बिहानैदेखि तराइबाट जिल्ला सदरमुकामका लागी छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधन बाटोमै थन्किएका छन् ।
यात्रु बाटोमै अलपत्र परेका महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीले जानकारी दिए । सोही ठाउँमा गत माघ दोस्रो साता पनि पहिरो गएको थियो । उक्त ठाउँमा केही समयअघि सडक मर्मत सम्भार गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० अर्ब डलरमा एआई कोडिङ कम्पनी ‘कर्सर’ किन्दै एलन मस्क
-
यी हुन् रास्वपाका संस्थापक सदस्य, प्रथम महाधिवेशनमा देखिने छैनन् चर्चित अनुहार
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
-
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिएकोमा पूर्वउर्जामन्त्री घिसिङद्वारा धन्यवाद व्यक्त
-
लोक सेवा आयाेगका अध्यक्ष रेग्मी अनिवार्य अवकाशमा
-
डीपसिकसहित सयभन्दा बढी चिनियाँ कम्पनीलाई कालोसूचीमा राख्न अमेरिकाको ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण