सुकेधारामा लैङ्गिक अल्पसङ्ख्यककाे हत्या
शुक्रबार, १६ फागुन २०८१, १४ : २३

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित धोविखोला करिडोरमा एक जना लैङ्गिक अल्पसङ्ख्यकको हत्या भएको छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ घर भएर काठमाडौँ– ७ बस्दै आएका अडविर राईको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
फागुन १४ मा मध्यराति करिडोरमा प्रयोगमा नआएको शौचालयमा उनको शव भेटिएको थियो । हत्यापछि राईको म्याट्रेस, सिरानी, झोला र फोहोरले छोपेर राखेको अवस्थामा शव भेटिएको एसपी बोहराले जानकारी दिए ।
राईको टाउको, निधार र नाकमा धारिलो हतियारको चोट देखिएको छ । शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमको रिपोर्ट आएको छैन ।
घटनाबारे प्रहरी वृत्त महाराजगन्जका डीएसपी निरञ्जन थापा र जिल्ला प्रहरी परिसर काठमाडौँको सादा पोसाकको टिमले अनुसन्धान गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत