सुकेधारामा लैङ्गिक अल्पसङ्ख्यककाे हत्या
शुक्रबार, १६ फागुन २०८१, १४ : २३
काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित धोविखोला करिडोरमा एक जना लैङ्गिक अल्पसङ्ख्यकको हत्या भएको छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ घर भएर काठमाडौँ– ७ बस्दै आएका अडविर राईको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
फागुन १४ मा मध्यराति करिडोरमा प्रयोगमा नआएको शौचालयमा उनको शव भेटिएको थियो । हत्यापछि राईको म्याट्रेस, सिरानी, झोला र फोहोरले छोपेर राखेको अवस्थामा शव भेटिएको एसपी बोहराले जानकारी दिए ।
राईको टाउको, निधार र नाकमा धारिलो हतियारको चोट देखिएको छ । शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमको रिपोर्ट आएको छैन ।
घटनाबारे प्रहरी वृत्त महाराजगन्जका डीएसपी निरञ्जन थापा र जिल्ला प्रहरी परिसर काठमाडौँको सादा पोसाकको टिमले अनुसन्धान गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको ऐतिहासिक एक हजारौँ खेल, जापानको पनि ऐतिहासिक उपलब्धि
-
प्रतिनिधिसभा निर्वाचनपछि ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा
-
दुई सुरक्षा निकायका एआईजीले सुरक्षा व्यवस्थापनको मनिटर गर्ने
-
दीपक बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
बेलायती प्रधानमन्त्रीले राजीनामा दिने चर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण