‘न्याय’ माग्न गएका शेखर पक्षका विद्यार्थी नै पक्राउ !
विराटनगर । जिल्ला प्रहरी कार्यालयमा मोरङ परिसरमा न्याय माग्दै नाराबाजी गर्ने तीन जना नेविसंघका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सविन दाहाल, गुड्ड साह र सन्जोग गौतम छन् ।
महेन्द्र मोरङ क्याम्पसमा बिहीबार बिहान कुटपिटमा परेका नेविसंघ मोरङका सभापति सरोज पोखरेल र चुले भाइ भनिने आयुष दाहालसहितको टोली माथि क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेलको समूहले बन्चरो, तरबार र लाठीले प्रहार गरी घाइते बनाएको थियो । घाइते पोखरेलको शुक्रबार पनि नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । स्ववियु सभापति रहेका पौडेल देउवा समूहका हुन् । पोखरेल भने कोइराला पक्षका हुन् ।
नेविसंघको क्याम्पस इकाइ गठन गर्न पुगेका उनीहरूमाथि आक्रमण भएको विरोधमा न्यायको माग गर्दै शुक्रबार केही विद्यार्थीहरू जिल्ला प्रहरी कार्यालय मोरङको गेट अगाडि नाराजुलुस गर्न पुगेका थिए । सोही क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी कार्यालयमा नै आएर अन्याय गर्नेलाई पक्राउ नगरे यही झुन्डिएर आत्महत्या गर्छौ जस्ता नारा लगाएपछि तीन जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता वेद प्रकाश जोशीले बताए । ‘यो राजनीतिक एजेन्डा भएकाले हामी अनुसन्धान गरिरहेका थियौँ,’ उनले भने, ‘तर कार्यालयको परिसरमै आएर जथाभाबी नारा लगाएर यही आत्महत्या गर्छौ भनेपछि नियन्त्रणमा लिएका हौँ ।’ प्रहरीले भने पक्राउ पर्नेको नाम सार्वजनिक गर्न चाहेको छैन । पक्राउ परेका तीनै जना कोइराला समूहका नेविसंघका कार्यकर्ता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण