बेलौरीका अति विपन्न परिवारलाई सुरक्षित घर
कञ्चनपुर । बेलौरी नगरपालिकाका अति विपन्न १५ परिवारले सुरक्षित घर पाएका छन् । सुरक्षित आवास कार्यक्रम अन्तर्गत रतनपुरका १० र भुडाका पाँच गरी १५ परिवारले सुरक्षित घर पाएका हुन् ।
नगरपालिका र गैरसरकारी संस्थाको संयुक्त लागत साझेदारीमा आवास निर्माण गरिएको बताइएको छ । घर निर्माणका लागि नगरपालिकाले प्रतिघर तीन लाख र निड्सले दुई लाख अनुदानको साझेदारी गरी दुई कोठा बरण्डासहितका घर निर्माण गरेर हस्तान्तरण गरेको नगर प्रमुख पोतिलाल चौधरीले बताए ।
उनका अनुसार आवास (घर) उपलव्ध गराइएकामा विपद् प्रभावित, आदिवासी जनजाती र दलित समुदायका व्यक्ति छन् । आगामी आर्थिक वर्ष वडा नम्बर ५, ६, ७ र ८ का बाढीजन्य विपद प्रभावित अति विपन्न परिवारका लागि आवास निर्माणको योजना बनाइ कार्यान्वयन गरिने नगर प्रमुख चौधरीको भनाइ छ ।
‘आवासको व्यवस्था नहुँदा असुरक्षित तरिकाले बस्दै आएका परिवारले सुरक्षित आवास पाएका छन’ उनले भने, ‘नगर क्षेत्रमा बसोवास गर्ने सबै परिवार सुरक्षित आवासमा बसुन भन्ने चाहना अनुरूप योजनावद्ध रूपमा कार्य गरिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपाका संस्थापक सदस्य, प्रथम महाधिवेशनमा देखिने छैनन् चर्चित अनुहार
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
-
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिएकोमा पूर्वउर्जामन्त्री घिसिङद्वारा धन्यवाद व्यक्त
-
लोक सेवा आयाेगका अध्यक्ष रेग्मी अनिवार्य अवकाशमा
-
डीपसिकसहित सयभन्दा बढी चिनियाँ कम्पनीलाई कालोसूचीमा राख्न अमेरिकाको ढिलाइ
-
लेबनानमा युद्धविराम गर्न जी–सेभेन राष्ट्रहरूको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण